Friday, December 5, 2025
Homeफिचरपुष्पदर्शन साकोसले आयोजना गर्याे स्वास्थ्य तथा वित्तीय सचेतना कार्यक्रम

पुष्पदर्शन साकोसले आयोजना गर्याे स्वास्थ्य तथा वित्तीय सचेतना कार्यक्रम

विराटचोकः पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैँचा १० ले प्राथमिक स्वास्थ्य उपचार तथा वित्तीय सचेतना कार्यक्रम आइतबार सम्पन्न गरेको छ । एन्जल्स फाउन्डेसन उर्लाबारी र नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

सो कार्यक्रम संस्थाका शेयर सदस्यहरूलाई आधारभूत स्वास्थ्य उपचारसँग सम्बन्धित जानकारीसहित वित्तीय साक्षरताबारे जागरूक बनाउने उद्देश्यले गरिएको सहकारी संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिनाले बताउनुभयो । कार्यक्रममा डा. रम्भा मण्डलले प्राथमिक स्वास्थ्य उपचारबारे प्रशिक्षण दिनुभएको थियो । बलराम यादवले गुप्त रोग (पायल्स) सम्बन्धी जानकारी गराउनुभएको थियो ।

त्यसैगरी सन्तोष कार्कीले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सहकारीका सल्लाहकार गोविन्दप्रसाद तिम्सिना रहनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments