गोठगाउँः सुन्दरहरैंचाको गोठगाउँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय गानका रचयिता व्याकुल माइला अर्थात् प्रदीपकुमार राई सम्मानित हुनुभएको छ ।
एनएनसीसी कलेजको ३० औँ वार्षिकोत्सवको अवसरमा गत साता आयोजित कार्यक्रममा सम्मानपत्र, नगद र दोसल्लाले उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बप्तिस चर्च काउन्सिलका अध्यक्ष राजेन्द्र मल्ल हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय गानका रचयिता व्याकुल माइला तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो । शङ्कर रसिकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व नेपाल बप्तिस युवा संगतिका अध्यक्ष डेभिड राईले गर्नुभएको थियो । नवल सिवाकोटीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।









