इटहरीः निषाद सङ्गीत पाठशालाले हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचाका संस्थापक प्रिन्सिपल कमल खनाल, डेल्टा इङ्लिस स्कुल बेलबारीका संस्थापक अध्यक्ष पर्वत राई र विराटनगरका संगीतगुरू कुशेश्वर राईलाई सम्मान गरेको छ ।
संस्थापक प्रिन्सिपल खनाल र संस्थापक अध्यक्ष राईलाई शिक्षा क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदान र सङ्गीतगुरू राईलाई सङ्गीत क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको कदरस्वरूप सम्मान गरिएको निषाद संगीत पाठशालाले जनाएको छ ।







