Tuesday, December 24, 2024
Homeपर्यटनश्रम संस्कृति उद्यान पार्क धरानको नयाँ पर्यटकीय गन्तव्य बन्दै

श्रम संस्कृति उद्यान पार्क धरानको नयाँ पर्यटकीय गन्तव्य बन्दै

धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उनका सहयोगीले निर्माण गरेको श्रम संस्कृति उद्यान पार्क धरानको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

धरान–१३ स्थित सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ चिर्ने आरा धरानको नमूना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ । उद्यानको वरिपरि आफन्तका नाममा बनाइएका फाइबरका फलैँचा र कुर्सीले पर्यटकलाई बस्न सहज बनाएको छ ।

त्यसो त उद्यानका ठाउँठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । खानेपानी, शौचालयलगायत सुविधा भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको छ । दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक घुम्न आउने सो उद्यान भारतीय पर्यटकको पनि रोजाइमा पर्ने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments