Friday, December 5, 2025
Homeफिचरगछियामा बस्तीलाई असर पर्ने गरी क्रसर सञ्चालनको तयारी भएपछि स्थानीयको विरोध, सञ्चालन...

गछियामा बस्तीलाई असर पर्ने गरी क्रसर सञ्चालनको तयारी भएपछि स्थानीयको विरोध, सञ्चालन गर्न नदिइने नगरप्रमुखको भनाइ

विराटचोकः केही वर्ष सञ्चालन भएर डेढ दशकअघि बन्द भएको क्रसर पुनः सञ्चालनको तयारी भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का स्थानीयले विरोध जनाएका छन् ।

बस्ती नजिकै क्रसर उद्योग सञ्चालनको प्रयास भएपछि स्थानीयले विरोध गर्दै तीन सय स्थानीयले हस्ताक्षर सङ्कलन गरी नगरपालिकामा बुझाएपछि नगरप्रमुख केदारप्रसाद गुरागाईँले हिजो अनुगमन गर्नुभएको छ ।

स्ट्रण्ड एग्रिगेट एण्ड स्ट्रण्ड मिल्सले २०६१ सालमा दर्ता गरी केही वर्ष सञ्चालन गरेको क्रसर उद्योगलाई १६÷१७ वर्षपछि पुनः गछिया बजार उत्तरतर्फ सारेर सञ्चालन गर्न खोजेपछि विवाद भएको हो । बस्ती छेउमै क्रसर सञ्चालन गर्न लागेपछि सो क्षेत्रका तीन वटा टोल विकास संस्थाका नागरिकले हस्ताक्षर सङ्कलन गरी नगरपालिकामा बुझाएका थिए ।

स्थानीयको निवेदनपछि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख गुरागाईँ, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला समन्वय समितिका अजम्बर राईले संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा नगरप्रमुख गुरागाईंले वातावरणीय प्रभाव अध्ययन नगरी क्रसर सञ्चालन गर्न नपाइने बताउनुभयो । कानुनी प्रक्रिया बिना कुनै हालतमा क्रसर सञ्चालन गर्न नदिइने र नगर क्षेत्रमा सञ्चालनमा रहेका अन्य क्रसर उद्योगलाई पनि व्यवस्थित गरिने उहाँको भनाइ थियो ।

अनुगमनका क्रममा ठूलो सङ्ख्यामा स्थानीयवासी उपस्थित भएका थिए । उद्योगका सञ्चालक प्रह्लाद लिम्बूले कानुनअनुसार मात्र क्रसर सञ्चालन गरिने तर कसैले नियोजित रूपमा उद्योग बन्द गराउन खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई तथा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए ।

सञ्चारकर्मीले प्रजिअ यादवसँग प्रतिक्रिया लिन खोज्दा उहाँले प्रतिक्रिया दिन इन्कार गर्दै सञ्चारकर्मीमाथि दुर्व्यवहारको प्रयास गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments