Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ३०० रुपैयाँ घट्यो, चाँदीको मूल्यले बनायो उच्च मूल्यको नयाँ रेकर्ड

सुनको भाउ ३०० रुपैयाँ घट्यो, चाँदीको मूल्यले बनायो उच्च मूल्यको नयाँ रेकर्ड

विराटचोकः आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँ घट्दा चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेको हो । चाँदीको भाउले साउन ७ गते कायम उच्च मूल्यको रेकर्ड तोडेको हो । सो दिन चाँदीको भाउ २ हजार ३५० रुपैयाँ कायम भएको थियो । सो मूल्यमा चाँदीको भाउ हिजो पनि पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९७ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३५५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments