Friday, December 5, 2025
Homeफिचरबन्दीपुर केवलकारले आजदेखि आईपीओ बिक्री गर्ने

बन्दीपुर केवलकारले आजदेखि आईपीओ बिक्री गर्ने

विराटचोकः बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणहरूका लागि ४३ लाख ४१ हजार ८० कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा मेरो शेयर एप वा वेबसाइटबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुने कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेर बाँडफाँड भइसकेको छ ।

कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरू, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७) का स्थानीय बासिन्दाका लागि र छुट्याएको थियो ।

सर्वसाधारणका लागि छुट्टयाइएको ५२ लाख ९४ हजार कित्ताको १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments