सुन्दरहरैंचाः दिनभर हरियाली छाएको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६० दशमलव ४९ बिन्दुमा पुग्दा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५ सय ६५ रुपैयाँको कारोबार भएको छ । १ लाख १३ हजार ६ सय ९३ पटक कारोबार हुँदा आज २ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता शेयर किनबेच भएका थिए ।
नेप्सेमा सूचीकृत १३ ओटा समूहमध्ये जलविद्युत र निर्जीवन बीमा समूहबाहेक बाँकी समूहका सूचकमा हरियाली छाएको हो । आज लघुवित्त समूह सबैभन्दा धेरै ५ दशमलव ५३ प्रतिशत र होटल तथा पर्यटन समूह ३ दशमलव २५ प्रतिशतले बढेको छ ।
हिजो झैँ आज पनि हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४ सय ७२ रुपैयाँको शेयर किनबेच भएको छ । सोनापुर आयल एन्ड मिनरल्सको २० करोड २८ लाख ४६ हजार २ सय १४ रुपैयाँको शेयर किनबेच भएको छ । सोल्टी होटल, शिवम सिमेन्ट्स, घोराही सिमेन्ट उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
आज ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
मूल्य घट्ने मुख्य १२ कम्पनीमा सबै जलविद्युत समूहका
बजार बढे पनि आज ७२ कम्पनीको शेयरमूल्य घटेको छ । जसमा अधिकांश जलविद्युत समूहका कम्पनी छन् । उच्च मूल्य घट्ने १२ कम्पनीमा सबै जलविद्युत समूहका कम्पनी छन् ।
हिमालय पावर पाटर्नरको शेयरमूल्य सबैभन्दा धेरै ७ दशमलव ८६ प्रतिशतले घटेको छ । दोल्ती पावर कम्पनीको सेयरमूल्य ६ दशलमव ५७ प्रतिशतले घटेको छ । अपर स्याङ्गे हाइड्रोपावर, मोदी इनर्जी लिमिटेड, माइखोला हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, माण्डु हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, रिभर फल्स पावर, जोशी हाइड्रोपावर उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३१ खर्ब ७८ अर्ब १६ करोड ७ लाख ४८ हजार ६ सय ७१ रुपैयाँ कायम भएको छ ।