Tuesday, December 24, 2024
Homeफिचरसुन्दरहरैंचाका अग्रज श्रेष्ठ मिस्टर नेपालको मिस्टर स्टाइल आइकन जित्न सफल

सुन्दरहरैंचाका अग्रज श्रेष्ठ मिस्टर नेपालको मिस्टर स्टाइल आइकन जित्न सफल

विराटचोकः नेक्स्ट मोडल्स नेपालको रियल मी मिस्टर नेपाल २०२४ को फाइनलमा सुन्दरहरैंचा–६ का अग्रज श्रेष्ठले मिस्टर स्टाइल आइकनको उपाधि जित्न सफल हुनुभएको छ ।

मिस्टर नेपाल भने झापाका सन्तोष लक्समले जित्नुभएको छ । ३८ जना प्रतिष्पर्धी रहेको प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार काठमाडौंमा सम्पन्न भएको थियो ।

युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगितामा अग्रज श्रेष्ठलाई प्रशान्त ताम्रकारले मेन्टरिङ्ग गर्नुभएको थियो । ताम्रकारले पहिलो पटक मोडलिङ्गको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभएको थियो ।

श्रेष्ठ २०२३ मा ड्रिम मोडलिङ्ग ऐजेन्सीले आयोजना गरेको कोशी प्रदेश स्तरीय प्रतियोगितामा विजयी हुनुभएको थियो ।

मिस्टर नेपालको विजेता बनेका लोक्समले ५ लाख रुपैयाँबराबरको विभिन्न पुरस्कार हात पार्नुभएको छ । उहाँले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

प्रतियोगितामा योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल घोषित भए । म्यान अफ द वर्ल्ड आयुष दुलाल घोषित भए । आदेश प्रधान फस्ट रनरअप र आयुष बमजन सेकेण्ड रनरअप बने ।

प्रतियोगितामा मष्ट पपुलरमा आयुष बमजन, पब्लिक च्वाइसमा आदेश प्रधान, बेस्ट पर्सनालिटीमा आयुष दुलाल, मिस्ट ट्यालेन्टेडमा पिन्टु सन्याल, फोटोजेनिकमा योगेश श्रेष्ठ, इन्टलेक्चुअलमा साकार बजिमय, फिजिकमा मनोज गुरुङ, म्यान विथ एलिगेन्समा सन्तोष लोक्सम, मस्ट एक्टिभमा प्रकाश चौहान, मेन च्वाइसमा पियूष श्रेष्ठ, बेस्ट स्किनमा समीर तिमल्सिना, बेस्ट हेयरमा अनिकेश प्रजापति, फेसनिस्टामा सिजल कपाली, स्टाइल आइकनमा अग्रज श्रेष्ठ र बेस्ट स्पोर्टसम्यानसिप सहविधामा मनोज गुरुङ विजेता घोषित हुनुभएको थियो ।

फिनालेमा नीति शाह, नम्रता श्रेष्ठ, टीकाराम बुढाथोकी, रुपक घिमिरे, राजुभाई सुवाल, माल्भिका सुब्बा र सन्दीप पोखरेल निर्णायक हुनुहुन्थ्यो ।

२ वर्ष अघि सुन्दरहरैंचाका नूतन श्रेष्ठ र गत वर्ष विराटनगरका समर्पण कार्की मिस्टर नेपाल हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments