Tuesday, December 24, 2024
Homeफिचरवक्तृत्वकलामा सुविजीमुरकी सोनिमा पहिलो, क्वेस्टकी विपस्ना दोस्रो

वक्तृत्वकलामा सुविजीमुरकी सोनिमा पहिलो, क्वेस्टकी विपस्ना दोस्रो

विराटचोकः सुविजीमुर मेमोरियल स्कुलकी छात्रा सोनिमा थापा ‘बालमैत्री स्थानीय शासनमा सरोकारवालाको भूमिका’ विषयक वतृत्वकला पहिलो हुनुभएको छ ।

सुन्दरहरैँचा नगरपालिकाले आयोजना गरेको बालमैत्री स्थानीय शासन अभिमुखीकरण तथा विविध बाल प्रस्तुति प्रदर्शनी कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा क्वेष्ट स्कुलकी छात्रा बिपस्ना राउत दोस्रो हुनुभएको छ । साजीलाल स्कुलकी भारवी निरौला तेस्रो र प्रभात किरण स्कुलका छात्र अनमोल प्रसाईंले सान्त्वना स्थान हात पारेका छन् ।

उनीहरुले मेडल र प्रमाणपात्रका साथमा क्रमशः नगद २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ पाएका छन् । उनीहरुलाई प्रतियोगितामा १४ जनाले भाग लिएका थिए । कार्यक्रमका अध्यक्ष उपप्रमुख अकली चौधरीलगायतका अतिथिहरुले विजयी हुनेलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रम बाल गायक प्रीतम आचार्यलाई पनि प्रमाणपत्र र नगद ६ हजारसहित सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments