इटहरीः इटहरीमा अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौंको चर्च ब्वाइज युनाइटेडले जितेको छ ।
अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । चर्च ब्वाइजका राजेश परियारले खेलको चौथो मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो ।
चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।