विराटचोकः नेपाल रेडक्रस जिल्ला शाखा मोरङको आयोजना तथा नेपाल रेडक्रस सुन्दरहरैँचाको व्यवस्थानपनमा विराटचोकमा विपद् व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली सम्बन्धी दुई दिने तालीम सम्पन्न भएको छ ।
तालीममा विपद् व्यवस्थापनमा कार्यरत सुन्दरहरैँचा, बेलबारी, केराबारी र ग्रामथानका प्रतिनिधि, सुरक्षाकर्मीलगायत २५ जनाको सहभागिता थियो । तटीय क्षेत्रमा बाढीबाट हुने क्षति कसरी कम गर्ने र विपद्मा नागरिकलाई कसरी उद्धार गर्ने भन्ने विषयमा तालीम दिइएको बताइएको छ ।