विराटनगरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेशका सांसद तथा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले छठ पर्वको अवसरमा २९ औँ पटक दण्ड प्रणाम यात्रा गर्नुभएको छ ।
आज बिहान १० बजे विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरदेखि सिंघिया खोलास्थित छठघाटसम्म दण्ड प्रणाम यात्रा गर्नुभएको हो ।
यो २९ औँ दण्ड प्रणाम यात्रा व्यक्तिगत मनोकाङ्क्षाका लागि नभई देश, जनता तथा विश्वकै कल्याणका लागि समर्पित रहेको उहाँले बताउनुभयो । वैदिक सनातन हिन्दू राष्ट्र आफ्नो निरन्तरको अभियान रहेको उहाँको भनाइ थियो ।
दुई दिनसम्म पानीसमेत नखाई कठिन व्रत र दण्ड प्रणाम यात्रा गर्नुमा आफ्नो व्यक्तिगत स्वार्थ नभएको उहाँले बताउनुभयो ।





