इटहरीः इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने गरेको हो ।
नगरले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको उनले बताए ।
विद्यालयमा भर्ना शुल्क वापत एक पटक लिएपछि हरेक वर्ष शुल्क लिन नपाइने निर्णय पनि गरेको छ ।
उपमहानगरपालिकाले विद्यालयले किताब बेच्न नपाउने नियम पनि बनाएको छ ।
उपमहानगरपालिकाले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउनुपर्ने पनि निर्णय गरेको छ ।
इटहरीमा १३४ निजी र ३६ सामुदायिक विद्यालयमा ६३ हजार ५ सय २६ विद्यार्थी अध्ययनरत छन् ।







