Wednesday, October 14, 2026
Homeशिक्षा र स्वास्थ्यबीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा

बीपी प्रतिष्ठानमा स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशाला परीक्षणको रिपोर्ट लिन बिरामी तथा सेवाग्राहीले भोग्दै आएको झन्झट कम गर्ने उद्देश्यले स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त मेसिनको सेवा सोमबारदेखि औपचारिक रूपमा शुरु गरिएको हो ।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले संयुक्त रूपमा मेसिनको सेवा शुभारम्भ गर्नुभएको हो ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार दैनिक अस्पताल आउने हजारौँ बिरामी तथा उनीहरूका आफन्तलाई प्रयोगशाला परीक्षणको रिपोर्ट प्राप्त गर्न सहज बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

नयाँ मेसिनबाट बिरामीले परीक्षण गराउँदा प्राप्त गरेको बिलमा रहेको बारकोड स्क्यान गरेर आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गर्न सक्नेछन् । बारकोड स्क्यान गरेपछि मेसिनले सम्बन्धित विवरण पहिचान गरी केही सेकेन्डमै रिपोर्ट उपलब्ध गराउने छ ।

यसअघि सेन्ट्रल ल्याबको रिपोर्ट काउन्टरबाट रिपोर्ट लिन बिरामी तथा कुरुवाले लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था थियो । बिरामीको चाप बढ्दा रिपोर्ट सङ्कलन तथा वितरणमा ढिलाइ हुने गरेको थियो भने भीडभाडका कारण कर्मचारीलाई समेत रिपोर्ट खोज्न र वितरण गर्न कठिनाइ हुने गरेको थियो ।

स्वचालित मेसिन सञ्चालनमा आएसँगै रिपोर्ट लिन लाग्ने समय घट्ने, काउन्टरमा हुने भीड कम हुने तथा रिपोर्ट वितरणमा मानवीय त्रुटि न्यूनीकरण हुने श्रेष्ठको भनाइ छ । यसबाट बिरामी तथा कुरुवाको समय बचत हुनुका साथै अस्पतालको सेवा प्रवाह थप व्यवस्थित हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवालाई प्रविधिमैत्री, सहज र प्रभावकारी बनाउने तथा अस्पताललाई क्रमश डिजिटल प्रणालीतर्फ अघि बढाउने अभियानअन्तर्गत नयाँ प्रविधि प्रयोगमा ल्याएको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments