Monday, September 7, 2026
Homeअर्थशेयरबेनी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बेच्ने

बेनी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बेच्ने

विराटचोकः बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता शेयर बिक्री गर्ने भएको छ ।

सो कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट २ प्रतिशतले हुन आउने २० हजार ८ सय कित्ता शेयर कर्मचारीहरुलाई, ५ प्रतिशतले हुन आउने ५२ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने १ लाख ४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र जारीपूँजीको १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी तथा बाँडफाँट भइसकेको छ ।

बाँकी कित्ता सर्वसाधारणलाई बेच्न लागिएका हो । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा भदौ २५ र ढिलोमा असोज ५ गते रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments