काठमाडौंः बाढीले सुरुङ पुरिएको दशौं दिनका दिन त्रिशुली–३ ‘ए’ आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो ।
न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि जीवितै रहेको सङ्केत मिलेकाले उनीहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ ।
यसअघि न्यौपानेले सुरुङभित्र रहेका व्यक्तिहरूसँग उद्धार टोलीको संवाद भएको जानकारी दिँदै फेसबुकमा स्टाटस राखेपछि जीवितै उद्धार हुने आशा बेपत्ता परिवारका सदस्यमा परेको थियो ।
त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको सांसद श्रीराम न्यौपानेको भनाइ





