Wednesday, September 2, 2026
Homeसमाचारकेराबारीमा हर्डनको आयोजनामा भएको अन्तरसंवादका सहभागीले उठाए कृषि क्षेत्रका बढी समस्या

केराबारीमा हर्डनको आयोजनामा भएको अन्तरसंवादका सहभागीले उठाए कृषि क्षेत्रका बढी समस्या

केराबारी: पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजनामा मोरङको केराबारी गाउँपालिकामा ‘समृद्ध केराबारी निर्माणमा युवाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

युवा सशक्तिकरण तथा वातावरणमैत्री उद्यम परियोजनाअन्तर्गत आयोजित कार्यक्रमका सहभागीले केराबारीमा बढ्दो लागुऔषध प्रयोग, चोरीका घटनामा युवाको संलग्नताका साथै कृषि क्षेत्रमा देखिएका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।
सहभागीहरूले गाईवस्तुमा लाग्ने विभिन्न रोग तथा तरकारीमा देखिने रोग नियन्त्रणका लागि गाउँपालिकाबाटै प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

युवालाई उद्यमी बनाउन तथा उद्योग स्थापना गर्न गाउँपालिकाले सहुलियतपूर्ण ऋण, अनुदान तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

सहभागीहरूले उठाएका जिज्ञासाको कृषि शाखा प्रमुख र पशुपन्छी विकास शाखाका प्रतिनिधिले जवाफ दिनुभएको थियो । लागूऔषध प्रयोग, चोरी तथा युवासँग सम्बन्धित सुरक्षा विषयमा राखिएका जिज्ञासाको जवाफ इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सहायक निरीक्षक देवेन्द्र सुवेदीले दिनुभएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले गाउँपालिकाले युवालक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सीप विकास तालिम, उद्योग तथा कृषि विकास र प्रवद्र्धनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

हर्डनका पूर्वअध्यक्ष टेकबहादुर लिम्बूले उत्तरी मोरङको विकास निर्माणमा संस्थाले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

खदम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर थपलियाले ‘युवाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक, सामाजिक, भौतिक तथा वातावरणीय विकासलाई समेटेर संस्थागत विकासको स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रमको सहजीकरण सुरेश अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा मेनोनाइट सेन्ट्रल कमिटी, नेपालले आर्थिक सहयोग गरेको थियो ।

कार्यक्रममा केराबारी गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेल, वडा नम्बर १ का वडाध्यक्ष शरणकुमार मगर, वडा नम्बर ३ का वडाध्यक्ष रामचन्द्र शाही, वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र निरौलाका साथै पालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि र हर्डनसँग सम्बन्धित व्यक्तिको उल्लेख्य उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments