Sunday, August 30, 2026
Homeशिक्षा र स्वास्थ्यनेशनल प्याब्सन सुनसरीको हस्तलेखन तथा चित्रकला प्रतियोगितामा सरस्वती ज्ञानकुञ्ज अगाडि

नेशनल प्याब्सन सुनसरीको हस्तलेखन तथा चित्रकला प्रतियोगितामा सरस्वती ज्ञानकुञ्ज अगाडि

इटहरीः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुनसरीको आयोजनामा प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीबीच भएको हस्तलेखन तथा चित्रकला प्रतियोगितामा सरस्वती ज्ञानकुञ्जले विभिन्न विधामा पहिलो स्थान हासिल गरेको छ ।

प्राथमिक तहको अंग्रेजी हस्तलेखनतर्फ सरस्वती ज्ञानकुञ्ज प्रथम भएको थियो । एभर मोमेन्ट इङ्लिस स्कुल दोस्रो र पर्वत विद्या मन्दिर तेस्रो भएका छन् ।
त्यसैगरी माध्यमिक तहको अंग्रेजी हस्तलेखनतर्फ पनि सरस्वती ज्ञानकुञ्ज नै पहिलो एभर मोमेन्ट इङ्लिस स्कुल नै दोस्रो भएका थिए । लिटल वर्ड एकेडेमी तेस्रो भएका थियो ।

प्राथमिक तहको नेपाली हस्तलेखनतर्फ एभर मोमेन्ट इङ्लिस स्कुल पहिलो पर्वत विद्या मन्दिर दोस्रो भएका थिए । माध्यमिक तहको नेपाली हस्तलेखनतर्फ पनि सरस्वती ज्ञानकुञ्ज पहिलो र एभर मोमेन्ट इङ्लिस स्कुल दोस्रो भएका थिए ।

प्राथमिक तहको चित्रकला प्रतियोगितातर्फ एभर मोमेन्ट इङ्लिस स्कुल पहिलो, पर्वत विद्या मन्दिर दोस्रो र ज्ञानज्योति इङ्लिस स्कुल तेस्रो भएका थिए ।

माध्यमिक तहको चित्रकलातर्फ सरस्वती ज्ञानकुञ्ज पहिलो, एभर मोमेन्ट इङ्लिस स्कुल दोस्रो र लिटल वर्ड एकेडेमी तेस्रो भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यार्थीहरूमा सिर्जनशीलता, कलात्मक क्षमता तथा सुन्दर हस्तलेखनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments