इटहरीः अहले सुन्नत वेलफेयर सोसाइटीको मुख्य पहल तथा नेपाल मुस्लिम समुदाय, इटहरीको आयोजनामा इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्दै अहले सुन्नत वेलफेयर सोसाइटीका सचिव शोएब अहमदले देशका विभिन्न स्थानमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले विशेषगरी मुस्लिम समुदायसहित सम्पूर्ण देशवासीलाई विपद्को समयमा एकताबद्ध भएर प्रभावित नागरिकको साथमा उभिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सोसाइटीका अध्यक्ष हजरत मियाँ, सचिव शोएब अहमद, सहसचिव मेहताब अन्सारी तथा सदस्यहरू इमरान मियाँ, एमडी इरशाद, हबिब शेख, एमडी प्यारे, सलमान अन्सारीलगायतको सक्रिय सहभागिता रहेको थियो ।





