Thursday, August 27, 2026
Homeसमाचारभोटेकोशी बाढीमा परी मृत्यु भएका १५७ जनाको शव फेला

भोटेकोशी बाढीमा परी मृत्यु भएका १५७ जनाको शव फेला

काठमाडौंः हिजो राति ११ बजेसम्मको तथ्याङ्कअनुसार भोटेकोशीमा अचानक आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको ७ जिल्लाका विभिन्न ठाउँमा १५७ शव फेला परेको छ ।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

२० जनाको त्रिवि शिक्षण अस्पतालमा, ४ जनाको ट्रमा सेन्टरमा, ३ जनाको वीर अस्पतालमा, १ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाकाु त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments