Tuesday, August 25, 2026
Homeअर्थशेयरदुई घण्टामा २ अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच

दुई घण्टामा २ अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच

विराटचोकः आज शेयर बजारमा सामान्य उतारचढाव आएको छ । बजार खुलेको १० मिनेटपछि उकालो लागेको बजारले ५० मिनेटसम्म हरियो झण्डा देखाए पनि त्यसपछि बजार राताम्य भएको छ ।

अहिले दिउँसो १ बजेसम्ममा बजार पौने ५ अंक आसपास घटेर २५९५ आसपासको बिन्दुमा नेप्से रहेर शेयर किनबेच भइरहेको छ । दुई घण्टाको अवधिमा २ अर्ब १६ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ ।

सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ६ दशमलव ७६ प्रतिशत घटेको छ ।

घटेको बजारमा मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वाधिक ८७ करोड ४६ लाख ८९ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments