Thursday, July 30, 2026
Homeअर्थशेयरप्रि ओपनमै उच्च अङ्कले घटेको शेयर बजारमा आज लगातार चौथो दिन गिरावट

प्रि ओपनमै उच्च अङ्कले घटेको शेयर बजारमा आज लगातार चौथो दिन गिरावट

विराटचोकः लगातार चौथो दिन शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजारमा प्रि ओपनमै बजार २७.७५ अङ्कले घटेको थियो । नियमित कारोबार समयमा केही सम्हालिए पनि नेप्से हरियो हुन भने सकेन ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात १६.२९ अङ्कले घटेर २ हजार ६७२.५८ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३३७ स्टकको ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ४४ हजार ६५१ पटक किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका सबै १३ वटै समूह घटेको दिन आज जलविद्युत समूह सर्वाधिक अर्थात १.२० प्रतिशतले घटेको छ ।

घटेको बजारमा आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २४ करोड ३८ लाख ४३ हजार २३८ रुपैयाँको शेयर किनबेच भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाईड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको उच्च शेयर कारोबार भएको छ ।

एभरेष्ट कलर लिमिटेडको शेयरमूल्यमा सर्वाधिक १५ प्रतिशतले बढ्दा कालिञ्चोक हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ९३ अर्ब १ करोड १६ लाख ९५ हजार ५०९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments