विराटचोकः आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा संस्थाको खुद सञ्चालन नाफा २५ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २० करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी भने २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १९ करोड १५ लाख ४२ हजार रुपैयाँमा सीमित बनेको छ । ५ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन खर्च बढेर ५ करोड ६२ लाख पुगेको छ ।
संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ४१ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १०.९७ प्रतिशत पुगेको छ । संस्थाको निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जाको ३.९२ प्रतिशत पुगेको छ ।
लघुवित्तको चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ । जगेडा कोष २० करोड ७१ लाख रुपैयाँ र सञ्चित मुनाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको प्रतिशेयर आम्दानी १३.३७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ९.८५ रुपैयाँ थियो ।





