Thursday, July 16, 2026
Homeअर्थशेयरआर्थिक वर्षको अन्तिम दिन नेप्सेसँगै बढ्यो कारोबार रकम

आर्थिक वर्षको अन्तिम दिन नेप्सेसँगै बढ्यो कारोबार रकम

विराटचोकः चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । नेप्से लगातार तेस्रो दिन बढेको हो ।

आज नेप्से परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा अडिँदा कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो । आज भने ३७१ स्टकको ३९ हजार ५९५ पटकको कारोबारमा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको हो ।

बढेको बजारमा आज एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ । चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे १४ प्रतिशत बढेको छ ।

बढेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक ८.७७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज सिंगटी हाइड्रो इनर्जीको सर्वाधिक २४ करोड ७४ लाख २९ हजार २९३ रुपैयाँको शेयर कारोबार भएको छ । ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । सामुहिक लगानी कोष उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत बढेको छ । लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

वित्त, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६३ अर्ब ५५ करोड ७ लाख ५२ हजार ६६४ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments