विराटचोकः नेपाली शेयर बजार परिसूचक मापक नेप्से आज पनि घटेको छ । आज नेप्से ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा अडिएको छ ।
आज ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर ५१ हजार २९५ पटक किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत सबै समूहका परिसूचक घट्दा व्यापार समूहको परिसूचक सर्वाधिक २.३० प्रतिशतले घटेको छ ।
घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५ देखि ५.३७ प्रतिशतसम्म बढेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी तथा दिव्यश्वरी हाइड्रोपावर उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
घटेको बजारमा आज पनि ऋणपत्रको उच्च कारोबार भएको छ । उच्च कारोबार गर्ने ५ कम्पनीमा सबै ऋणपत्र मात्रै छन् । सबैभन्दा धेरै एनएमबी डिबेञ्चर ८.५ प्रतिशत ०८७\८८ को ४८ करोड ४६ लाख ५४ हजार २०४ रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब १६ अर्ब ९ करोड ९२ लाख ५५ हजार ३९१ रुपैयाँ कायम भएको छ ।





