Sunday, July 12, 2026
Homeखेलकुदसाबिक विजेता अर्जेन्टिना पुग्यो सेमीफाइनलमा

साबिक विजेता अर्जेन्टिना पुग्यो सेमीफाइनलमा

विराटचोकः आज बिहान भएको अन्तिम क्वार्टर फाइनल खेलमा स्वीट्जरल्याण्डमाथि रोमाञ्चक जीत हात पार्दै साविक विजेता अर्जेन्टिना सन् २०२६ को विश्वकपको सेमीफाइनलमा पुगेको छ ।

१० खेलाडीमा सीमित भएर पनि बहादुरीपूर्वक लडेको स्वीट्जरल्याण्डका लागि यो हार निकै पीडादायी रह्यो । मध्यान्तरपछिको खेलमा स्ट्राइकर ब्रिल एम्बोलोले ‘डाइभिङ’ (फाउल भएको नाटक) गरेको भन्ने भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि उनलाई दोस्रो पहेँलो कार्ड दिँदै मैदानबाट बाहिर पठाइएको थियो ।

सुरुमा लियान्द्रो पारेडेसले एम्बोलोलाई फाउल गरेको देखिएपछि पारेडेसलाई पहेँलो कार्ड दिइएको थियो । तर, भारले रेफ्रीलाई पुनः जाँच गर्न आग्रह ग¥यो, जहाँ रिप्लेमा स्वीस खेलाडी एम्बोलोले नै लडेको नाटक गरेको स्पष्ट देखियो । फलस्वरूप पारेडेसको कार्ड खारेज गरियो र एम्बोलोलाई रातो कार्ड दिइयो, जसले स्वीस टोलीमा आक्रोश पैदा गरेको थियो ।

एम्बोलोले रातो कार्ड पाउनु ठीक ५ मिनेटअघि मात्र स्वीट्जरल्याण्डले बराबरी गोल गरेको थियो ।

खेलको १० औँ मिनेटमै लियोनेल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६७ औँ मिनेटमा स्वीट्जरल्याण्डका डान एनडोएले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

अन्तिम समयमा स्वीट्जरल्याण्डले बराबरी गोलका लागि दबाब दिइरहेका बेला काउन्टर अट्याकमा लाउटारो मार्टिनेजले अर्को गोल गरेका थिए ।

यो जीतसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको छ ।

अर्जेन्टिना सातौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ । तीन पटकको विश्वविजेता अर्जेन्टिना तीन पटक नै उपविजेता बनेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments