धरानः हालै नियुक्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष नवनियुक्त उपकुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिशसम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिश समितिको सिफारिशका आधारमा कार्कीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।





