Friday, July 10, 2026
Homeअर्थशेयरसूचक घटेको बजारमा कारोबार रकम वृद्धि, उच्च कारोबार गर्ने १० मध्ये ९...

सूचक घटेको बजारमा कारोबार रकम वृद्धि, उच्च कारोबार गर्ने १० मध्ये ९ स्टक ऋणपत्र

विराटचोकः वित्तीय संस्थाको ऋणपत्रमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । साताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक ०.०४ प्रतिशत अर्थात् १.१३ अंकले घटेर २६००.७८ अडिँदा कारोबार रकम भने बढेको छ ।

नेप्सेमा सूचीकृत ३६७ स्टकको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर ५३ हजार ४३२ पटक किनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँको शेयर किनबेच भएको छ ।

हिजो ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाउँदा आज व्यापार समूह सर्वाधिक १.२७ प्रतिशतले बढेको छ ।

आज विकास बैंक समूहमा सर्वाधिक अर्थात् ०.३९ प्रतिशतले गिरावट आएको छ ।

उच्च कारोबार गर्ने १० मध्ये ९ वटा कम्पनी ऋणपत्र छन् । आज नेपाल बैंक डिबेञ्चर २०८७ को सर्वाधिक ८९ करोड ९१ लाख ४ हजार ९८० रुपैयाँको कारोबार भएको छ । आरबीबीएल डिबेञ्चर २०८३, सानिमा डिबेञ्चर २०८७, एसबीएल डिबेञ्चर २०८९ लगायत ९ वटा ऋणपत्रको उच्च कारोबार भएको हो ।

आज आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् १०.६६ प्रतिशतले बढ्दा कुमारी इक्विटी फण्डको मूल्य ९.०९ प्रतिशत, कालंगा हाईड्रोको ६.९२ र सानिगाड हाईड्रोको शेयरमूल्य ६.१५ प्रतिशतले बढेको छ ।

सूचक सामान्य घटेको बजारमा भगवती हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ७.८४ प्रतिशतले घटेको छ । स्नो रिभर्स, न्यादी पावरलगायतका कम्पनी उच्च शेयरमूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ६८ करोड ३३ लाख ५९ हजार ५०८ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments