विराटचोकः द भ्वाइस किड्सको ब्लाइन्ड अडिसनमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएर ब्याटल राउन्डमा प्रवेश गरेका सुन्दरहरैंचाका दुई जना प्रतियोगीलाई सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले सम्मान गरेको छ ।
प्रतियोगी प्रनिसजंग केसी र आरोही गुरागाईंलाई सुन्दरहरैँचा वडा नम्बर १२ को कार्यालयले सम्मानपत्र सहित सम्मान गरेको हो । प्रतियोगीहरुको हौसला बढाउन तथा आफ्नो वडाबाट राष्ट्रिय मञ्चसम्म पुगेका प्रतियोगीलाई सम्मान गरिएको वडाध्यक्ष रोशनप्रसाद ढकालले बताउनुभयो ।





