Wednesday, July 8, 2026
Homeअर्थशेयरमौद्रिक नीति सार्वजनिकपछिको पहिलो दिन शेयरबजारमा ३० अंकको गिरावट

मौद्रिक नीति सार्वजनिकपछिको पहिलो दिन शेयरबजारमा ३० अंकको गिरावट

विराटचोकः आज शेयर बजारमा ३० अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१३ प्रतिशत घटेर नकारात्मक प्रतिक्रिया दिएको हो ।

नेप्सेमा सूचीकृत ३६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता शेयर ७७ हजार ६२७ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँ पुगेको हो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये आज सामुहिक लगानी कोषमात्रै ०.११ प्रतिशतले बढ्यो । जलविद्युत समूह सर्वाधिक अर्थात १.७० प्रतिशतले घट्दा विकास बैंक १.४६ प्रतिशत, फाइनान्स १.४३ प्रतिशत, होटल १.२९ प्रतिशत र बैंकिङ समूह १.१८ प्रतिशत घटेका छन् ।

घटेको बजारमा केबीएल डिबेञ्चर २०८९ को सर्वाधिक ६२ करोड ३९ लाख १२ हजार ४७२ रुपैयाँको शेयर किनबेच भएको छ । एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड ६० लाख, सानिमा डिबेञ्चर २०८७ को २१ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

एनएमबी डिबेञ्चर २०८७\८८ को मूल्य सर्वाधिक अर्थात् ५.५२ प्रतिशतले बढ्दा प्रभु बैंक डिबेञ्चर २०८४ को मूल्य ४.६७ प्रतिशत, स्नो रिभर्सको ४.३९ र कुमारी सबल योजनाको मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् १३.४१ प्रतिशतले घटेको छ । उपकार लघुवित्तको शेयरमूल्य १०.६९ प्रतिशत र सानिगाड हाईड्रोको शेयरमूल्य ६.३९ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४ अर्ब ४३ करोड ५७ लाख ७४ हजार २६३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments