Wednesday, July 8, 2026
Homeसमाचारअहिले देशभर वर्षा, आज राति ५ प्रदेशमा भारी वर्षा

अहिले देशभर वर्षा, आज राति ५ प्रदेशमा भारी वर्षा

विराटचोकः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण अहिले देशभर वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास रहेको छ । पछिल्लो एक घन्टामा सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ ।

महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा कास्कीको याङ्जाकोटमा ९८.६ मिलिमिटर वर्षा भएको छ । रिवनमा ९७.६ मिलिमिटर, डोटीको कोलागाउँमा ९५.६ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷ र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भाग, साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments