Wednesday, July 8, 2026
Homeखेलकुद७२ वर्षपछि स्वीट्जरल्याण्ड फिफा विश्कप २०२६ को क्वार्टरफाइनलमा प्रवेश

७२ वर्षपछि स्वीट्जरल्याण्ड फिफा विश्कप २०२६ को क्वार्टरफाइनलमा प्रवेश

विराटचोकः क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै स्वीट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए ।

स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा म्यानुअल अकांजीले गोल गर्न सकेनन् ।

सन १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्वीट्जरल्यान्ड त्यसयता समूह चरण र अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments