Sunday, July 5, 2026
Homeसमाचारउत्साहपूर्ण उपस्थिति केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइमा

उत्साहपूर्ण उपस्थिति केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइमा

केराबारीः केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ कार्यक्रम असार १८ गते वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

सुनुवाइ कार्यक्रममा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा सचिव उर्वशी थापामगरले वडाले चालु आर्थिक वर्षमा गरेका कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाइमा उपस्थित वडावासीले राखेका जिज्ञासाको जवाफ वडाध्यक्ष अजय लिम्बूले दिनुभएको थियो ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधिलगायतको उल्लेख्य उपस्थिति थियो ।

सुकुना मिडिया एण्ड सर्भिस प्रालिको सहजीकरणमा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी खेमचन्द्र अधिकारीले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments