विराटचोकः फिफा विश्वकप २०२६ को अन्तिम १६ मा कोलम्बिया पुगेको छ । आज बिहान भएको खेलमा घानालाई १–० ले पराजित कोलम्बिया अन्तिम १६ मा पुगेको हो ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाको जीतमा जोन एरियासले खेलको १४ औं मिनेटमा लुइस स्वारेजको पासमा गरेको गोल नै निर्णायक भएको थियो ।
सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जीत निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।
कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।
अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्वीट्जरल्यान्डसँग खेल्ने भएको हो ।
योसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।




