Saturday, July 4, 2026
Homeखेलकुदखेलको अन्तिम मिनेटमा भएको आत्मघाती गोल नै साबिक विजेता अर्जेन्टिनाका लागि सहज...

खेलको अन्तिम मिनेटमा भएको आत्मघाती गोल नै साबिक विजेता अर्जेन्टिनाका लागि सहज बन्यो अन्तिम १६ का लागि

विराटचोकः विश्वकप फुटबलको साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध सङ्घर्षपूर्ण जीत निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

आज बिहान मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो पटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।

खेलको २९ औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गरेका थिए ।

त्यसको ११ मिनेटमा नै सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई पुनः बराबरीमा फर्काएका थिए । खेलको अन्तिम समयमा डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि आफ्नै कारणले केप भर्डे पराजित हुन पुग्यो ।
यो खेलमा गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपमा सर्वाधिक २० गोल गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments