Saturday, July 4, 2026
Homeअर्थशेयरशेयर बजारमा दुई दिनको वृद्धि टिकेन तेस्रो दिन

शेयर बजारमा दुई दिनको वृद्धि टिकेन तेस्रो दिन

विराटचोकः लगातार दुई दिनको वृद्धिपछि हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ६५३.४० विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४६ हजार २३४ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँको शेयर कारोबार भएको छ । बिहीबार ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

शुक्रबार कारोबारमा आएका १३ समूहमध्ये ५ वटामा हरियाली छाएको छ । फाइनान्स समूह सर्वाधिक अर्थात १.०६ प्रतिशतले बढ्दा बैंकिङ समूह सर्वाधिक अर्थात् ०.९६ प्रतिशतले घटेको छ ।

कारोबार रकम बढेको बजारमा ४ प्रतिशत कृषि विकास बैंकको बोण्डको सर्वाधिक ४३ करोड रुपैयाँको शेयर किनबेच हुँदा ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को ३९ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सूचक घटेको बजारमा सानिगाड हाईड्रो, स्नो रिभर्स, कालंगा हाईड्रो र नेपाल फाइनान्सको शेयरमूल्य १५ प्रतिशत बढ्दा खानीखोला हाईड्रोको शेयरमूल्य ११.६३ प्रतिशत र उपकार लघुवित्तको १०.७९ प्रतिशत शेयरमूल्य बढेको छ ।

अपर लोहरे खोलाको शेयरमूल्य सर्वाधिक अर्थात् १३.६५ प्रतिशतले घट्दा धौलागिरी लघुवित्तको शेयरमूल्य ११.२१ र क्रेष्ट माइक्रोलाइफको सेयरमूल्य ४.९७ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५९ अर्ब ९ करोड ४८ लाख ५९ हजार ५२० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments