Wednesday, July 1, 2026
Homeसमाचारपहिलो पाइला नेपालको प्रस्तावित इटहरी शाखा गठन

पहिलो पाइला नेपालको प्रस्तावित इटहरी शाखा गठन

इटहरीः पहिलो पाइला नेपालको प्रस्तावित इटहरी शाखा गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमबाट सुदीप खतिवडाको संयोजकत्वमा २३ सदस्यीय प्रस्तावित इटहरी शाखा गठन गरिएको छ । समितिको सह–संयोजकमा सुशान्त भट्टराई चयन हुनुभएको छ ।

सुन्दरहरैंचा शाखाका अध्यक्ष केवल लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समाज रूपान्तरणमा युवाको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो ।

सहभागीहरूले युवाको एकता, सहकार्य र सक्रियतामार्फत् समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments