विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा सीमित भएको छ ।
नेप्सेमा सूचीकृत ३५७ वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच हुँदा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा समूहमा मात्रै हरियाली छाएको छ । अन्य समूह सर्वाधिक अर्थात ०.२९ प्रतिशतले बढ्दा फाइनान्स समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले घटेको छ ।
घटेको बजारमा आज कृषि विकास बैंकको बोण्डको सर्वाधिक अर्थात् ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाईड्रोको शेयरमूल्य १५ प्रतिशतले बढ्दा क्रेष्ट माईक्रो लाइफको शेयरमूल्य सर्वाधिक अर्थात् ९.१६ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ६९ अर्ब २७ करोड ८६ लाख ४६ हजार ८९३ रुपैयाँ कायम भएको छ ।




