Monday, June 8, 2026
Homeखेलकुदइटहरीले जित्यो चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि

इटहरीले जित्यो चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उपाधि सुनसरीको इटहरी उपमहानगरपालिकाले जितेको छ ।

हिजो साँझ भएको फाइनल प्रतिष्पर्धामा केराबारी गाउँपालिकालाई २–१ गोलले हराउँदै इटहरी उपमहानगरपालिका च्याम्पियन बनेको हो ।

खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले गोल गरेका थिए । केराबारीका नगेन राईले सान्त्वना गोल फर्काएका थिए ।

इटहरीको तर्फबाट गोल गर्नेमध्येका निश्चलकुमार श्रेष्ठ फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुँदै नगद ४ लाख रुपैयाँ हात पारे ।

खेलमा सर्वाधिक गोल गर्ने बेलका नगरपालिकाका खेलाडी हिमाल मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए ।

उपाधिसँगै इटहरीले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता केराबारी गाउँपालिकाले नगद २ लाख रुपैयाँ पाएको छ । फाइनल खेलका प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले विजेता तथा उपविजेता टिमलाई नगद तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

जेठ १६ गते शुरु भएको प्रतियोगितामा मोरङ, सुनसरी र उदयपुरका ८ पालिका सहभागी थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments