Monday, June 8, 2026
Homeसमाचारसुन्दरहरैंचाको सार्वजनिक सुनुवाइ सम्पन्न

सुन्दरहरैंचाको सार्वजनिक सुनुवाइ सम्पन्न

दुलारीः सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा सरोकारवाला निकायहरूको सहभागितामा स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकामा सार्वजनिक सुनुवाइ गरिएको छ । ।

सो सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, कृषि, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवासम्बन्धी जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए ।

सुनुवाइमा सहभागी नागरिकले उठाएका प्रश्नहरूको जवाफ जनप्रतिनिधि तथा कर्मचारीले दिएका थिए । उनीहरूले नगरपालिकाले सञ्चालन गरिरहेका विकास निर्माणका योजना, सेवा प्रवाहको अवस्था तथा आगामी कार्यक्रमबारे जानकारी समेत गराएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments