Monday, June 8, 2026
Homeअर्थशेयर११ अङ्कभन्दा बढीले घट्यो शुक्रबार शेयर बजार

११ अङ्कभन्दा बढीले घट्यो शुक्रबार शेयर बजार

विराटचोकः साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार मापक नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.३७ अङ्कले घटेर २७५५.४१ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर ५५ हजार ४६७ पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये चारवटामा मात्रै हरियाली छाएको थियो । फाइनान्स समूह सर्वाधिक २.७७ प्रतिशतले बढ्दा होटल ०.०५ प्रतिशत, सामुहिक लगानी कोष ०.२७ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेका थिए ।
उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७८ प्रतिशतले घटेको थियो ।

घटेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ५५ करोड ६९ लाख ६ हजार ४२७ रुपैयाँको शेयर किनबेच भएको छ । सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

हालै दोस्रो बजारमा आईपीओ सूचीकृत भएको कालिञ्चोक हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले बढ्दा उपकार लघुवित्तको शेयमूल्य ९.७१ प्रतिशत, बेष्ट फाइनान्सको ७.५५ र सिटी होटल्सको शेयरमूल्य ७.०६ प्रतिशतले बढ्यो ।

होटल फरेष्ट इनको शेयरमूल्य सर्वाधिक अर्थात ४.२२ प्रतिशतले घट्दा माबिलुङ इनर्जी, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोपावर उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब १ अर्ब २८ करोड २० लाख ७८ हजार ४९८ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments