Monday, June 8, 2026
Homeसमाचारलायन्स क्लब अफ इन्द्रपुरको अध्यक्षमा योजना शर्मा चयन

लायन्स क्लब अफ इन्द्रपुरको अध्यक्षमा योजना शर्मा चयन

विराटचोकः लायन्स क्लब अफ इन्द्रपुरको १४ औँ वार्षिक साधारण सभा अध्यक्ष प्रमिला दुलालको अध्यक्षतामा नेपालीरिका होटलमा सम्पन्न भएको छ ।

सभाले क्लब वर्ष २०२६\०२७ का लागि योजना शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा रेवन्त कार्की, द्वितीय उपाध्यक्षमा कल्पना दाहाल, तृतीय उपाध्यक्षमा सुनिता पोखरेल ढकाल, सचिवमा डम्बर कार्की तथा कोषाध्यक्षमा जानुका थापा चयन हुनुभएको छ ।

कार्यक्रममा अध्यक्ष प्रमिला दुलालले आफ्नो कार्यकालका गतिविधिहरू प्रस्तुत गर्नुभएको थियो । चार्टर्ड प्रेसिडेन्ट भोलेश्वर दुलाल, पूर्व अध्यक्षहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments