Thursday, June 4, 2026
Homeअर्थशेयरसाढे १३ अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि सङ्कुचन

साढे १३ अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि सङ्कुचन

विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात् १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर ५१ हजार ६०१ पटक किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४७ रुपैयाँको कारोबार भएको छ ।

आज सामुहिक लगानी कोष समूह मात्रै ०.३२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक अर्थात १.७१ प्रतिशतले घटेको छ ।

सूचक घटेको बजारमा एभरेष्ट बैंक डिबेञ्चर ०८६ को सर्वाधिक अर्थात् ३४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा र सप्तकोशी डेभलपमेन्ट बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

सूचक घटे पनि कालिञ्चोक हाइड्रोको शेयरमूल्य १५ प्रतिशतले बढ्दा न्यादी हाईड्रोको शेयरमूल्य ९.१६ प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ४.७८ प्रतिशतले बढेको छ । विजय लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ४.६९ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब २० अर्ब ६८ करोड २४ लाख ६२ हजार ३१४ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments