Tuesday, June 2, 2026
Homeखेलकुदकेराबारी सेमीफाइनलमा पुग्यो चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको प्रतिष्पर्धामा

केराबारी सेमीफाइनलमा पुग्यो चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको प्रतिष्पर्धामा

विराटचोकः सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैंचा मेयर गोल्डकपअन्तर्गत हिजो भएको प्रतियोगितामा केराबारी गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलअन्तर्गत भएको प्रतिष्पर्धामा झापाको शिवसताक्षी नगरपालिकालाई १ का विरुद्ध २ गोलले हराउँदै केराबारी सेमीफाइनलमा पुगेको हो ।

केराबारीको जीतका लागि भुवन बस्नेत र नितेश लिम्बूले एक–एक गोल गरे । शिवसताक्षी नगरपालिकाका तर्फबाट जर्सी नम्बर १७ का निरज श्रेष्ठले एक गोल फर्काए ।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका केराबारीका जर्सी नम्बर ७ का नितेश लिम्बू प्लेयर अफ द म्याच घोषित भई ट्रफीका साथमा नगद ४ हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल आज सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।

सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका तीन क्वाटरफाइनल खेलबाट मोरङको बेलबारी नगरपालिका, उदयपुरको बेलका नगरपालिका र मोरङको केराबारी गाउँपालिका सेमीफाइनलमा पुगेका छन् ।

भोलि र पर्सि सेमीफाइनल चरणका खेल हुने र २३ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख रुपैयाँ र उपविजेताले नगद २ लाख रुपैयाँ नगदका साथमा शिल्ड प्राप्त गर्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments