Monday, June 1, 2026
Homeराजनीतिप्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध भएपछि बैठक स्थगित

प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध भएपछि बैठक स्थगित

काठमाडौंः हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरुले विरोध जनाएका छन् ।

बैठकमा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्रीको विरोध जनाएका थिए । प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी सांसदहरुले दिएका हुन् ।

हिजो प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्रै नेपालको भूमि मिचेको नभई नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्रीको भनाइपछि विपक्षी दललगायत बुद्धिजीविहरुले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रघाती भएको टिप्पणी गर्दै आएका छन् ।

विपक्षी दलको विरोधपछि अहिले राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments