Friday, May 29, 2026
Homeखेलकुदभोलिदेखि चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने

भोलिदेखि चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने

विराटचोकः भोलि जेठ १६ गतेदेखि सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने भएको छ ।

सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा भोलि मोरङका बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच दिउँसो ३ बजे प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक सुन्दरहरैंचा नगरपालिकाले जेठ १७ गते बेलका नगरपालिका उदयपुरसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

जेठ १८ गते दिउँसो ३ बजे मोरङको केराबारी गाउँपालिका र झापाको शिवसताक्षी नगरपालिकाबीच दिउँसो ३ बजे खेल हुने भएको छ ।

जेठ १९ गते दिउँसो ३ बजे मोरङको लेटाङ नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ र ट्रफी तथा उपविजेता टिमले नगद १ लाख रुपैयाँ र ट्रफी पाउने आयोजकले जनाएको छ । त्यस्तै, विभिन्न विधागत पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments