धरानः साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य लोकार्पण गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडा, साहित्यकार मेदिनीप्रसाद बराल, अमृतप्रसाद आचार्य, प्रेमप्रसाद भट्टराई, वासुदेव भण्डारी, लक्ष्मी खरेल तथा लोकगायकत अम्बिका दबाडीको विशिष्ट आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि भट्टराईले २२ सर्ग, ५३७९ श्लोक र ८८६ पृष्ठमा विस्तारित महाकाव्यको लोकार्पण गर्नुभएको थियो । महाकाव्यबारे उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपाने तथा उपप्राध्यापक डा. दिवाकर रेग्मीले समीक्षा प्रस्तुत गर्नुभएको थियो । समीक्षकहरूले अध्यात्म दर्शन, भक्ति चेतना तथा राष्ट्रभक्तिको बेजोड संयोजन रहेको यो कृति ऐतिहासिक चेतना र परिष्कृत शास्त्रीय कवित्वका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको थियो ।
प्रा. डा. भीम खतिवडा, प्रा. डा. रमेश घिमिरे, उत्प्रेरक व्यक्तित्व लक्ष्मी खरेल तथा साहित्यकार गणेश खनालले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा प्रा. डा. भरत भट्टराई, प्रा. डा. वंशीधर कट्टेल, प्रा. तोयराज कोइराला, प्रा. डा. खेम खनाल, प्रा. डा. सागरमणि सुवेदी, सहप्राध्यापक डा. महानन्द तिमिल्सिना, सहप्राध्यापक भवानीशङ्कर भट्टराई लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृतिका सर्जक दाहाललाई विद्यापीठका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । कृति लेखन, मुद्रण तथा प्रकाशनमा प्रेरणा एवं सहयोग पुर्याउने व्यक्तिलाई “उत्प्रेरक सम्मान” प्रदान गरिएको थियो ।
उपप्राध्यापक दीपक पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहप्राध्यापक डा. गुरुप्रसाद कोइरालाले गर्नुभएको थियो । कार्यक्रम पिण्डेश्वर विद्यापीठका प्राचार्य सहप्राध्यापक काशीनाथ पौडेलको अध्यक्षतामा भएको थियो ।




