Sunday, May 24, 2026
Homeखेलकुदसहलेश फुटबल क्लबले जित्यो प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकपको उपाधि

सहलेश फुटबल क्लबले जित्यो प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकपको उपाधि

खोर्सानेः मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुना खेलमैदानमा हिजो भएको “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को उपाधि सहलेश फुटबल क्लब, सिराहाले जितेको छ ।

फाइनल खेलमा सहलेश फुटबल क्लबले धरान आरसी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

उपाधि विजेता सहलेश फुटबल क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको धरान आरसी फुटबल क्लबले नगद १ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई व्यक्तिगत पुरस्कार पनि वितरण गरिएको थियो ।

वर्षा र विवादका कारण केही बेर खेल स्थगित भएपछि दोस्रो हाफको खेलमा १२ मिनेट समय थपिएको थियो । प्रतियोगितामा दुई जना खेलाडीले रातो तथा दुई जना खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments