Friday, May 22, 2026
Homeसमाचारआज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

विराटचोकः आज मे २२ तारिख । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो । त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभाको बैठक निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिएको छ । नेपाल जैविक विविधताको हिसाबले एशियामा ११ औँ र विश्वमा २५ औँ स्थानमा पर्दछ । जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले नेपालको अलग्गै पहिचान छ ।

नेपालमा हालसम्म २०७ प्रजातिका स्तनधारी, ८६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १०० प्रजातिका सरिसृप र १८५ प्रजातिका माछा सूचीकृत छन् ।

६५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उड्ने पुतली, ५ हजार बढी कीरा, २०० प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी तथा ३८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नेपालमा ३२ रहेको छ ।

जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments